दफा १०
समपूरक अनुदान
(१) नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई पूर्वाधार विकास सम्बन्धी कुनै योजना कार्यान्वयन गर्न समपूरक अनुदान प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम समपूरक अनुदान प्रदान गर्दा देहायका कुराहरुलाई आधार बनाइनेछः–
(क)   योजनाको सम्भाव्यता,
(ख)   योजनाको लागत,
(ग)   योजनाबाट प्राप्त हुने प्रतिफल वा लाभ,
(घ)   योजना कार्यान्वयन गर्न सक्ने वित्तीय तथा भौतिक क्षमता वा जनशक्ति,
(ङ)   योजनाको आवश्यकता र प्राथमिकता ।
(३) प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम समपूरक अनुदान प्रदान गर्न  सक्नेछ ।
(४) उपदफा (१) र (३) बमोजिमको समपूरक अनुदान कुनै योजनाको कुल लागतको अनुपातका आधारमा प्रदान गरिनेछ ।
(५) समपूरक अनुदान प्रदान गर्ने कार्यविधि तथा अन्य व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।